यो साइट बिआरपी माइलोको साहित्यिक रचना प्रस्तुत गर्ने उद्देश्यले बनाइएको हो। यहाँ विभिन्न गजल, कविता, मुक्तक र अन्य साहित्यिक रचनाहरू हेर्न सकिन्छ। सबैजना साहित्यप्रेमी मनहरुले यो साइटमा भिजिट गरेर हेर्नुहोला ।
This site is intended to present B.R.P. Mailo's literary works. Various ghazals, poems, muktakas and other literary works can be seen here. All literature lovers should visit this site.
आफ्नो डायरी ---प्रेम आखिर प्रेम नै रहेछ , माया त बद्लिएर दया बन्नसक्छ । हिजो गिरे पनि नजरबाट, भोलि त्यहि प्रिया बन्न सक्छ ।✏️बिआरपी माइलो
यहाँ महान सहित्यकारहरुका चर्तित भनाईहरु समावेस गरिएका छन् ।
मुनामदन --हातका मैला सुनका थैला, के गर्नु धनले? साग र सिस्नु खाएको बेस आनन्दी मनले (मुनामदन) यात्री --कुन मन्दिरमा जान्छौ यात्री,कुन मन्दिर जाने हो? कुन सामग्री पूजा गर्ने,साथ कसोरी जाने हो?✏️महाकवि लक्ष्मी प्रसाद देवकोटा
स्वर्ग र देवता --सधैँको सुत्केरी पृथ्वीका, गलेका कन्चट बसेका गाला खोक्रा कोखा सारामा अश्रुसागर महासागर भरी भरी भै उर्लिरहेका✏️बालकृष्ण सम (शारदा पत्रिका २००४) गौथलीको चिरबिरी --म बस्ने कोठाकै दलिन-बिचमा गौथली बस्यो पिटाएको तन्नाउपर मैला पनि खस्यो । मलाई त्यो देखि हृदय-बिच लग्योकिरकिरी चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी✏️कविशिरोमणि लेखनाथ पौडेल (शारदा पत्रिका १९९२) आमाको सपना --आमा, त्यो आउछ र ? हो बा, त्यो आउछ त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउछ ✏️गोपालप्रसाद रिमाल नानीबाबुहरुको सपना लेख गोपाल दाइ ! त्यो आयो त्यो हुरी भएर आयो हामि पात भएर पछ्याइरहेछौ आमाको सपना पुरा भयो तर गोपाल दाइ ! त्यो हुरीले त....... ✏️छेत्रप्रताप अधिकारी
Author's statement In today's age of science and technology, this option is a bit different and suitable than any other old option and I have created this site. I believe in myself that through this site I will bring my literary works to the entire readership.
It has not been long since I started writing. However, I tried since I was studying in class 5. I look forward to your suggestions and advice. I have always been aware of you readers, I will be and I will be.Not only when you like literature, but also when you make mistakes by reading it, you feel very happy.
My hope is that I will be able to be close to more of you. May your suggestions encourage me to write more and be inspired by your suggestions while writing. Get a chance to improve. Please click on the contact of the author of this site and mention your details and write what you want to say. So that will help me to come up with new compositions in the days to come.
Our other contacts for further advice and suggestions:
गजलहरु
Gazals
यहाँ विभिन्न गजलहरुको सङ्ग्रह छ । तपाइँ देखिएको शीर्षकमा क्लिक गरेर अध्ययन गर्न सक्नुहुन्छ भने नदेखिएको शीर्षक टाइप गरेर समेत सहजै खोज्न सक्नुहुन्छ ।
Here you can read various gazals.
गजल १: बाढीको पीडा
बाढीले गाउँ बगायो, आमाको पुरानो घर बगायो ।
पहिरोले रोड, पुल, जग्गा जमिन नहर बगायो ।
बाढी सबै सहेकै थिए, सहर डुबेको सुनेर खबर,
गाउँमा बाको आशा, भरोसा र रहर बगायो ।
छोरो बस्ने सहर डुबेपछि, रोएका हुन् बा आमा,
नत्र त पहिले नै रुँदारुँदै, बाढीले डर भर बगायो ।
बगाएर जग्गा जमिन, धन सम्पत्ति पुगेन अझै,
सबै सकेर पनि फेरि, आशाको धरोहर बगायो ।
आँसु सकिउन्जेल रोएका छन्, बा आमा बेस्सरी,
बाढीले आँसु, धड्कन, मन हर-प्रहर बगायो । ✏️ लेखक: बिआरपी माइलो
गजल २: फूलको सुन्दरता
फूल सुगन्धले कि, रङ्गले सुन्दर छ?
हेराइ न हो यो, आफ्नै ढङ्गले सुन्दर छ
तर बनाउनेहरुले फूल हेरेर रंग बनाए
हेर्नेहरु भन्छन् फूलभन्दा रंग सुन्दर छ
प्रकृतिले बसन्तमा, फूलको बयान गरेपछि
भनौला फूल त आफ्नै, उमङ्गले सुन्दर छ
तिमीले कुरा फेरेपछि न, हो मैले मन फेरेको
नत्र त मेरो पनि मन, अचम्मले सुन्दर छ ✏️ लेखक: बिआरपी माइलो
गजल ३: के पाएनन् यी बुढाले
खै कोनि के पाएनन् निक्कै खोकेकाछन्
यी बुढाले खोपडिमा के के बोकेकाछन्
घरी भन्छन् बूढो भएँ, घरी तन्नेरी छु ।
गीता पढ्छु भन्दै सधैं, रक्सी धोकेकाछन् ।
बुझिसक्नु भए पो यिनका चालामाला
भक्त छक्क पर्छन् सबै, मन्त्र घोकेकाछन्
कहिँ पंडित बन्छन्, कहिँ मंदिर छुन्न भन्छन
हाँसो लाग्छ सम्झिँदा नि, आफ्नै जिब्रो टोकेकाछन् ✏️ लेखक: बिआरपी माइलो
गजल ४: प्रकृति चाहिन्छ
कापी र कलम अनि प्रकृति चाहिन्छ
एकान्तमा बसेर लेख्न पनि आकृति चाहिन्छ
दुखि हुन्छौ नसोध एक्लै पारे एक्लै बनाए
एक्लै बनाउन पनि के तिम्रो स्विकृति चाहिन्छ
यहाँ नसोधी बनाउनेहरुले नै के के बनाइसके
तर जे बनाउन पनि अलिकिती बिकृति चाहिन्छ
स्पष्ट कुरासंग जोड्न तिर्मिर के ल्याउछौ
यहाँ भातमा दाल जोड्न पनि प्रिती चाहिन्छ
तिमि आफ्ना कुरा बोल्न चाहन्छौ लेखन चाहन्छु
तर यो बुझ यहाँ खान पनि संस्कृति चाहिन्छ ✏️ लेखक: बिआरपी माइलो
गजल ५: गरिब
यी गरिब हुन् त्यसैले हराउन सकिन्छ ।
तिम्रै राज चल्छ रत कमाउन सकिन्छ ।
यहाँ न मुर्ख भन्न मिल्छ न सद्धे भन्नु मिल्छ ।
सहि कुरा गर्छन मात्र डराउन सकिन्छ ।
यस्ता थुप्रै देखेकोछु सत्य बोल्छन ।
तर पनि मात खायसी काम गराउन सकिन्छ ।
थोरै भय पनि आशा राखेको छु गर्लान केहि,
यो केहि नै भय पनि मन परौना सकिन्छ । ✏️ लेखक: बिआरपी माइलो
गजल ६: तिमी नभएपछी सहर फेरियो
सबै थोक छ तिमि भइनौ , प्रहर फेरियो ।
हरायपछी त्याहाबाट तिमि , सहर फेरियो ।
बरबादिका दिन चलेकाछन लाग्यो सुन्नुपर्छ ?
स्वप्निल पलमाझैँ सहजै घर फेरियो ।
किन एउटा मात्र आचल त्यो याद आउछ ।
बेखबर तिम्रो यादसंगै हरपल ,जहर फेरियो ।
कोकिल तिम्रो बचन नसुनेको कयौ दिन भएछ ।
कुण्ठा र संबेगले सदैब ,रहर फेरियो ।
हिस्स हासों बोकेको खुशी मुहारमा खैन के भयो।
भन्छा दुनियाले यसको दन्त लहर फेरियो । ✏️ लेखक: बिआरपी माइलो
गजल ७: तिमी नहुदा त सबै सकिनुपर्ने
तिमि साथ छु भन्छौ, सहारा लाग्छ
आजभोलि किन सबैं, आहारा लाग्छ।
तिमी नहुदा त सबै सकिनुपर्ने,
तर पनि अझै आकाशमा तारा लाग्छ।
यति बुझेको छु बा,आमा तिमि संसार हौ ।
तर पनि खै किन अरु नै बिचरा लाग्छ।
याहा आशा दिलाउने र हराउनेको के कमि छ ।
सहयोग गर्नेलाई नै बल्लात्कारको नारा लाग्छ।
मन पनिं कस्तों हो मान्ने पर्छ यसलाई,
बिनाकारण तिमि नै सारा लाग्छ। ✏️ लेखक: बिआरपी माइलो
गजल ८: तिम्रो भागमा सुन परेन
आज चम्किलो सहर, भोलि अस्ताउन सक्छ ।
बचाइ राख पक्रिएर, नत्र निस्ताउन सक्छ ।
समयको खेल न हो, के बेर बद्लिनलाई
फेरि बिरक्तिएर तिम्रै छेउ, सुस्ताउन सक्छ ।
भन्छन् जालझेल चल्छ, यता सहर तिर
सिकिराख तिमी पनि, काम आउन सक्छ ।
सुन्छु यो प्रेम अलिअलि, बाँडेअरे सबैले
तिमी सिङ्गै राख यो, नत्र सताउन सक्छ ।
तिम्रा भागमा परेन, यो सुन बाँड्दाबाँड्दै
सुन छोड्नेले कहिँ कतै, हिरा पाउन सक्छ । ✏️ लेखक: बिआरपी माइलो
गजल ९: घरै आउँछु भन्न मन छ
सहर सकियो गाउँ पस्न, घरै आउँछु भन्न मन छ ।
आमा बाको साथमा बस्न, घरै आउँछु भन्न मन छ ।
नसकिने भयो तिम्रो, सहरको पानी खान
अब घरको छानो कस्न, घरै आउँछु भन्न मन छ ।
रहर त तिम्रा झैँ, मेरा पनि थिए केहि
रहर छोडी कहरमा फस्न, घरै आउँछु भन्न मन छ ।
साच्चै आमा किन मलाई, रहर लाग्नै छोडिसको
अब सधैं तल खस्न, घरै आउँछु भन्न मन छ । ✏️ लेखक: बिआरपी माइलो
कविताहरु
Poems
यहाँ विभिन्न फुटकर कविताहरूको सङ्ग्रह छ । तपाइँ देखिएको शीर्षकमा क्लिक गरेर अध्ययन गर्न सक्नुहुन्छ भने नदेखिएको शीर्षक टाइप गरेर समेत सहजै खोज्न सक्नुहुन्छ ।
Here you can read various poems.
आशा र संघर्ष
मन भित्रको बगैंचामा एउटा फूल रोपेको थें
मगमगाउँदो बास्ना छर्ने सपना मैले देखेको थें
हिउँद ऋतुभरि कुहिरो र शितलहर पर्यो
शिशिर ऋतु नआइकनै सबै पात झर्यो
गृष्ममा स-साना कोपिला देखा परे
दुर्भाग्यबस हुरी आई एकैसाथ झरे
सुहाउँदो वातावरण कहिल्यै आएन
कोपालामै झर्नु पर्यो फक्रनै पाएन
अरु सबको बगैंचामा त्यहि फूल सरेको छ
मेरो बगैंचामा किन त्यहि फूल मरेको छ
समयले सधैंभरी मलाई नै ठग्यो
वर्षायाम बाढी आई सबै बागाई लाग्यो
फूल फुलाउने उपयुक्त ठाउँ मैले छानिन छु
समय अनुसारको फूल रोज्न मैले जानिन छु
✏️ लेखक: बिआरपी माइलो
मेरो एउटा सपना छ
मेरो एउटा सपना छ, बा आमाको सपना पूरा गर्ने
मेरो अर्को सपना छ, आफन्तहरुलाई आफ्नो बनाउने
मलाई देख्दा, भेट्दा मसित बोल्ने
कसैका अगाडि मेरै हो भन्ने,
अझै थुप्रै थुप्रै सपनाहरु छन्
बिस्तारै पूरा गर्ने,
मेरो एउटा सपना छ, बा आमाको सपना पूरा गर्ने
अनि, मेरो अर्को सपना छ, हार्नेहरुलाई जिताउने
हार्नेहरुलाई फुर्काउने, हुर्काउने, सिकाउने अनि,
उनीहरुसंग नै उड्ने हावामा फुर्ररररर .......
अनि, मेरो एउटा सपना छ, बा आमाको सपना पूरा गर्ने ✏️ लेखक: बिआरपी माइलो
मेरो देश
छाती रेटिए पनि मेरो, मन मुटु देखिंदैन
त्यहाँ त हिमाल देखिन्छ
एउटा अटल पहाड देखिन्छ
उसको त कपाल काट्दा पनि
अलिकति भ्रष्ट्राचार देखिन्छ
मेरा आँखाहरुले वन, जंगल, हरियाली देख्छन्
मेरै माटो देख्छन्
मेरै देश देख्छन्
उसका आँखाले त खाली उही सम्पति देख्छन्
म हिंड्छु एउटा बाटो पैदल
ऊ त्यहिँ गाडी चढेको छ
अनि मेरै पैतालामा कर बढेको छ
देशमै बसेर विश्वको सपना सुनाउनेहरु
म मेरै देशमा छु, मलाइ ब्रुज खलिफा थाहा छैन
मेरो सगरमाथा थाहा छ
मेरा कुनै रहर थाहा छैन
बाआमाको अलिकति पिडा थाहा छ
ओलाङ्चुङ्गोलाको आलु थाहा छ
मलाइ मिठाईका परिकार हैन
मधेसको उखुको रस थाहा छ
कोदाको ढिंडो र गुन्द्रुकको स्वाद थाहा छ
मुस्ताङका स्याउ खाएको छु
स्यांग्जाका च्याउसित पनि भेटेको छु
मलाइ पिजा, बर्गरको टेस्ट हैन
रुकुमको सखरखण्ड थाहा छ
सिन्धुलीको जुनार थाहा छ सोलुको चौरी र च्यांग्राहरुसंग खेलेको छु
हाक्पारेमा भाका हालेको छु
गुरुङ भेषमा रोधिघरमा नाचेको छु
मलाइ दुश्मन को हो थाहा छैन
प्रत्येक दनुवारसित नाचेको छु
नुवाकोटका बनकरियासंग घुमेको छु पहाड
तनहुँको सिद्ध गुफा भित्र छिरेर,
मेरो अहङ्कार त्यागेको छु
म लुम्बिनी पुगेको छु
मलाई बोधिसत्व थाहा छ
हामी वीर गोर्खाली, मलाइ भोजपुरको खुकुरी थाहा छ
र.......... थाहा छैन मलाइ, मेरो देश बाहेक ✏️ लेखक: बिआरपी माइलो
बिगतको सपना
म प्रकृतिसंग घनिष्ठ थिए
मेरो सबैभन्दा ठूलो मित्र प्रकृति
म त्यससंग पनि टाढाहुन थालेछु
मेरो बिगत, प्रकृतिसंग रमाएका क्षणहरु
बिलिप्त हुँदै गएछन्
जबसम्म म तिमिलाई नै सबैथोक ठान्थें
तर भुल भएछ
तिमी त एउटी मात्र रहेछौ
तिमीसित देखेका सपना कुनै खाडीमा गएर पुरिएछन्
म चाहन्थें ति सपना उडेर सबैतिर छरिउन
र तिमी ति सपना सम्हाल्न
एक्लै बताससंगै प्रकृतिमा उड
तिमी नै सपनाहरु पक्रिएर ल्याउ
भन अनि यो हाम्रो सपना तर
म एक्लै तिम्रो दर्शक बन्न सकूँ
र मुसुक्क हाँसेर भन्न सकूँ
हाम्रो सपना ?
कति सजिलै समातेउ है
त्यो सपना, मलाई लाग्छ सजिलो त थिएन
चिप्लिदो हो, उम्किदो हो, भाग्दो हो,
एक्लै पुरा गरेउ त्यत्रो सपना
म एक हिस्सा पनि बन्न पाइन
तर सधैं सोचिरहे तिमी नै सबैथोक मेरो ✏️ लेखक: बिआरपी माइलो
विकृति
हाम्रो समाजमा सबै काम हुन्छन्
सबै मानिस खराब विकृति मात्र छुन्छन्
कोहि छैनन् समाजलाई राम्रो बनाउने
खराब मिलि असललाई रक्सि खुवाउने
कसले अब हाम्रो सामाज राम्रो बनाउने
सबै सबै विकृतिमा मानिस फसाउने
विकृति हैन संस्कृति सबैमा जाग्नु पर्छ
खराब विकृतिजति सबै अब अन्तै भाग्नु पर्छ
विकासको लागि म त ज्यान दिन सक्छु
सबैको प्यारो बनि मन भित्रै बस्छु
यो समाजका धेरैजना जुवा तास खेल्ने
धनि जति गरिबलाई धेरै नै पेल्ने
कसले होला गर्ने अब यो समाजको रक्षा
तपाईं नै हो रक्षा गर्ने पढी धेरै कक्षा
यस्तो छ यो हाम्रो समाजको हालत अब
असल समाज बनेपछि थाहा हुन्छ तब
आफु असल बनि चलाऔं देशको नाम
गर्ने गरौँ साथीभाई हो असल असल काम
समाजबाट अब विकृति उलंघन गरौँ
विकृति हटाइ संस्कृतिले देशको नाम भरौं
(कक्षा ५ अध्ययन गर्दा लेखेर विद्यालय प्रथम भएको कविता) ✏️ लेखक: बिआरपी माइलो
अनुभूति: एक आत्मकथा
साधारण परिवारमा जन्मिएको एउटा बालक,
जसको सपनामा राजधानीका उज्याला सडकहरू थिएनन् —
थिए त केवल माटोको गोरेटो,
गाउँका आँखा रसाउने सन्देशहरू,
र मनभित्र गढेका आशाका हरफहरू ।
सानैदेखि मनले बोलेको थियो —
"म लेख्न चाहन्छु,
शब्द मेरो आत्मा हो।"
त्यसले मलाई सिकायो —
"देशका लागि केही गर्न सकिन्छ ।
बुझाएको थियो यो पनि
म पछि हट्न मिल्दैन।
लेखन विषय थियो,
तर केवल विषय थिएन,
त्यो एउटा जीवनको भाषा थियो।
कम तलबको जागिर,
र कलेजको पढाइ —
कहिलेकाहीँ लाग्थ्यो,
“के साच्चिकै सफल भइएला?”
तर मनभित्रको आवाज भन्थ्यो —
"एक दिन म लेखेर देश बदल्नेछु।"
कुनै समयको ज्वारभाटामा
लोकसेवाको परीक्षा पनि दिएँ।
सुब्बा, खरिदार, अनि शिक्षक —
तीन वटैको पहिलो पत्र पास गरेँ।
त्यो क्षण मलाई लाग्यो —
“हो, अब म सफल हुँदैछु।”
तर…
दोश्रो पत्रमा मेरो नाम थिएन ।
तीन-तीनवटा प्रयासको उत्तर थियो निराशा।
बाहिर मुस्कान, भित्र तुफान।
मन हिस्स, आँखा रसाए।
त्यसपछि धेरैले सम्बन्ध तोडे
तर लेखनले साथ छाडेन।
खुशी हुँदा कविता लेखें,
दुखी हुँदा गजल।
साहित्य साक्षी बन्यो,
जहाँसुकै जानुपर्यो,
तर.....
आत्मा भने कहिल्यै चुप लागेन।
धेरै सपना फेरिए,
तर पनि लेखन… लेखन फेरिएन ।
उही साहित्य — साँचो साथी।
अहिले म ठिकै छु, तर पूरा छैन।
मन कहिले होसिलो, जोसिलो,
कहिले भत्किएको ईंटाजस्तो।
कतै रित्तिएको झैँ लाग्छ त
कतै बिर्सिएको झैँ लाग्छ
उही समयसम्म पनि त्यहि भएछ भने
गरौंला नि पुरा सपना रहेछ भने
तर यो मन अझै सपना देख्छ —
म थाकेको छु — हो।
तर म रित्तिएकी छैन।
म अझै बाँकी त अवस्य छु
र केहि गर्न चाहन्छु ।
✏️ लेखक: बिआरपी माइलो
पास्फोर्ट
मैले भविष्य देखेर देशमै बनाए पास्फोर्ट र भरिदिए फर्म नयाँ कक्षाको, सबै जाँचको, अनि थुप्रै थुप्रै आशाहरुको तर पुर्याएनन् खै किन लक्षसम्म बरु चढाईरह्यो कक्षा र भुलाईरह्यो क्याम्पसतिरै यो पास्फोर्टले अनि फेरि बनाए चिठीको पास्फोर्ट र भरिदिए फर्म तिम्रो यादको, तिम्रो मायाको अनि तिम्रै प्रेमको तर अहँ यसले पनि पुर्याएन लक्षसम्म बरु पुर्यायो तिम्रो मनसम्म भर्खर पास्फोर्ट चिन्दैथिएँ र त फेरि बनाएँ पास्फोर्ट र कन्फर्म गरिदिएँ फेसबुकमा, टिकटकमा, अनि इन्स्ट्राग्राममा तर यसले पनि लक्ष चिनाएन बरु बिर्साइदियो आफ्नाहरुलाई पनि र नाजिक्याईदियो को हो - को हो लाई केहि क्षण भुलाइदियो कुराकानीमा र फुत्त फालिदियो दुश्मनको काखमा मैले फेरी पास्फोर्ट बनाएँ र पेस गरें जिमेलको, याहुको र टुइटरको हातमा यो पनि काम लागेन र रिसेट गरिदिएँ जिन्दगीमा फेरी अर्को पास्फोर्ट बनाएँ र पेसिदिएँ जागिरमा यो पनि घुइचोले पेलिदियो
भित्रभित्रै हरायो बेपत्ता भयो, नष्ट भयो र सबाट एक्लिदै गएँ यसरी मैले अनगिन्ति पास्फोर्टहरु बनाएँ अब एउटा पास्फोर्ट बनाउन मन छ, जसले भविष्य पनि देखेको छ आशा पनि देखेको छ, प्रेम, आफन्त दुनियाँ सारा देखेको छ यसले लक्षसम्म पुर्याउने, बाटो पनि देखेको छ, ति कठोर पत्थर फोड्ने, हतियार पनि देखेको छ हो अब यहि पास्फोर्ट बनाउदै छु जसले एअरपोर्टसम्म पुर्याउने छ ।लेखक: बिआरपी माइलो
विद्यार्थीको स्नेह
म बसन्तमा रोइरहदा पनि, शिशिरमा हासेको छु । तिमीहरुको माया र स्नेहमा खुबै प्रिती गासेको छु । गर्व गर्छु पेशा मेरो, फरक नै छ अरु भन्दा, खुलम्खुल्ला भन्न सकु, छैन मेरो गलत धन्दा,
मेरो नाम भन्दा पछी, एउटा सर जोडिएको छ । त्यो सरको भर फेरी, सब भन्दा धेर फैलिएको छ । मेरा प्यारा नानीबाबु, गर्नुहुन्न कुभलो केहि यो त मेरो अर्ति तिम्लाई सधैँ असल बन्नु ।
तिम्ले दिएका प्रितहरु, संगालेर राखेकोछु । खेल्दै सिक्दै गरेका याद, संगालेर राखेको छु मेरो प्रवेश तिम्रो लागि, उमङ्ग र शाहस बनोस् । कक्षा भरि सिकेका ति, सबै ज्ञान खास बनोस् ।
म नआउदा एक दिन, धेरै मलाई खोजेऊ अरे, त्यहि दिन घरमा गइ, मेरै नाम रोजेउ अरे । तिमीहरुकै यो प्रेमले, सबै दुख भुलेकोछ, शिशिरमा पनि साच्चै ढकमक्क फूलेकोछु । लेखक: बिआरपी माइलो
तिमी
कस्तो शब्द बनेछ ? तिमी अलि सस्तो शब्द बनेछ रहर जस्तो शब्द बनेछ तिमि तिमि त हरपल आउने शब्द बनेछ न कुनै मोडमा भुलिन्छौ न कुनै जोडमा भुलिन्छौ तिमि मुखैमा झुन्डीएकी झैँ खाने बेलाको ओठमा भुलिन्छौ ठूलो रहरमा पर्ने तिमि कस्तो शब्द बनेछ ? रहर जस्तो शब्द बनेछ तिमि !! तिमि त हरपल आउने शब्द बनेछ तिमि त हरपल आउने शब्द बनेछ !! ✏️बिआरपी माइलो
लेखक
लेखकको त्यो सफा कोठा कागज भरिएको कोठाभरि जताततै कलम छरिएको हातभरि कलम छन् अनेक रंगहरुका लेख्दा लेख्दै खीइसके टोप्रा नङहरुका
लेखक कोहिको आश गर्दैनन् लेख्छन असल कुरा थालेको त्यो सुरुवाती गर्छन सधै पुरा जिम्मेवारी पुरा गर्छ सधै काध थापी बिना लोभ लालच आफ्नो कृतिहरु छापी लेखक: बिआरपी माइलो
नेपाल र नेपाली
हिमालको चुचुरा, शाहासीका आँटहरु पहाड अनि उस्तै उस्तै साथमा ठुला फाटहरु
तराई हेर्यो समथर छ, बालीनाली सेरोफेरो जल जंगल, जमिन, जन्तु सम्पति हो तिम्रो मेरो
भर लाग्दा बोट,बिरुवा र डर लाग्दा जीवजन्तु मानव शरीर पूर्ण बन्न चाहिन्छ है तन्तु
तन्तुले पूर्ण रुपमा काम गरेमा चल्छ सगरमाथा चढी हेर्दा नेपाल अझै बल्छ
जङ्गल छ बिच भागमा, हरियाली छाएको शिरमा हेर हिमाला छ हिउँको लुगा लाएको
पुछार पट्टि सहर बजार समथर भूभाग उपचार गर्न जाने उत्कृष्ठ छ त्यो भूभाग
ठुला ठुला साल घारी देखिने वारि पारि घराके भरि विकास गरि, टार अनि बारी
अन्न फल्छ तराइमा पहाडको पानी मिठो सगरमाथा चढ्ने लक्ष्य राख्छ हेर त्यो ठिटो
अरु देशका मानिस गर्छन आफ्नो देश विकास हामी पनि त्यहि सिकी गरौ आफ्नै विकास
धेरै पढौं, अघि बढौं देशमा योगदान गरौँ आफ्नो नाम जोगाइ राखी अनि मात्रै मरौं ! ✏️बिआरपी माइलो (२०७५-०६-०३:आफ्नो डायरी)
मुक्तकहरु
Muktaks
यहाँ विभिन्न मुक्तकहरूको संग्रह रहेको छ। तपाइँ देखिएको शीर्षकमा क्लिक गरेर अध्ययन गर्न सक्नुहुन्छ भने नदेखिएको शीर्षक टाइप गरेर समेत सहजै खोज्न सक्नुहुन्छ ।
दसैं आयो, धान झुल्यो, घरै आउँछु आमा
परदेश बसि, सबै भुल्यो, घरै आउँछु आमा
त्यो चरीले फूलमा बसि, बोलाको नि थाहा छ
हेर्दा हेर्दै, साँझ फूल फुल्यो, घरै आउछु आमा ।। ✏️बिआरपी माइलो
धर्म गर्ने एक भिक्षुक, उनै बबाजिलाई भेट्नु
संघर्ष बुझ्न अपरिचित कुनै काजीलाई भेट्नु
नदी पार गर्दिन्छन त्यो चाँहि सत्य मान्नु पर्छ
हो त्यस्तै खोज्न जानुस् माझीलाई भेट्नु ✏️बिआरपी माइलो
आफ्नासंगै दुश्मन बनि, जिउने कति हो
आफै आफ्नो मन मारी, पिउने कति हो
बरु ढुक्क पिए हुन्छ, टन्न तिर्खा मरुन्जेल
पिउने मन हुँदाहुँदै मुख, सिउने कति हो ✏️बिआरपी माइलो
पुगिसकेँ दु:ख सिलाइ, घरै आउँछु आमा
अलिकति छुट्टी मिलाइ, घरै आउँछु आमा
किनकिन आज तिम्रो, याद धेरै आएको छ
उनलाई पानी पिलाई, घरै आउँछु आमा।। ✏️बिआरपी माइलो